FAQs Complain Problems

News and Notices

  • ,

    यस दशरथचन्द नगरपालिकाको नवौ योजना तर्जुमा समितिको बैठक कार्यकारी अधिकृत श्री धर्मराज बिनाड़ी जिउ को अध्यतामा बस्यो जसमा आ.व. २०७३/०७४ का लागि वडास्तरीय योजना तर्जुमा समिति बाट माग भइ आएका योजना हरु यही २०७२ पौष १४ गते बस्ने नगरपरिषदको बैठकमा सिचाई, कृषि, स्वास्थ्य, सिक्षा  गरि जम्मा २२ वटा योजना प्राथमिक क्रम तोकी विनियोजित भएका छन् भने, बालबालिकाका लागि बालभेला बाट आएका योजनाहरु बालबालिकाका लागि १५% बजेट विनियोजित गरि योजना अनुमोदन गरिए .

  • आज मिति २०७२/०८/१० गते दशरथचन्द नगरपालिका वार्ड न १० खुल्ला दिशामुक्त घोषणा भएको छ. उक्त कार्यक्रम मा प्रमुख जिल्ल्ला अधिकारी, नगरपालिका का कार्यकारी अधिकृत तथा अन्य संघ सस्थाका प्रतिनिधि तथा सर्वसाधारण हरुको ठुलो उपस्थिति भएको थियो.कार्यक्रम मा खुल्ला दिशामुक्त घोषणा गर्न मा सहयोग गर्नुहुने विभिन्न व्यक्ति हरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो.

  • कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी लगाएत अन्य अतिथिहरु

    दशरथचन्द नगरपालिका कार्यालयको आ.व. ०७१/७२ को वार्षिक समिक्षा कार्यक्रम कार्यकारी अधिकृत श्री अर्जुन सिंह कार्कीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी श्री लिालाधर अधिकारी ज्यू को प्रमुख आतिथ्थतामा सम्पन्न भयो । उक्त वार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय ,र गैर सरकारी कार्यालयका प्रतिनिधि एवं प्रमुख ज्यू, नागरिक वडा मञ्चका संयोजक ज्यू, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू नागरिक समाजका प्रतिनिधि ज्यू ,बुद्धीजीवी, समाजसेवी ,पत्रकार एवं सामाजिक परिचालक समेतको उपस्थिती रहेको थियो ।

  • संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव श्री सोमलाल सुवेदीज्यु नेपाल सरकारको मुख्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकामा दशरथचन्द नगरपालीका, बैतडी परिवारको तर्पmवाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछ । साथै वँहाको कार्यकालमा नेपाल निजामति कर्मचारी तथा अन्य नेपाल सरकारको प्रशासनिक काममा उल्लेखनिय सुधारको आशा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

  • मिति २०७२|०३|५ गते बिहान १० बजे द.न.पा को वार्ड न २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ | यसै गरि द.न.पा को वार्ड न ४ बिबिध कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ |

Pages