FAQs Complain Problems

News and Notices

  • , ,

    दशरथचन्द नगरपालिका नगरकार्यपालिकाको कार्यलय बैतडीको आ.ब. २०७५/७६ को तेस्रो नगर सभा तथा बजेट अधिबेशन मिति २०७५ अषाढ १४ गते सम्पन्न भएको छ | सभाको संचालन नगर प्रमुख श्री नरेन्द्र सिंह थापाले गर्नु भएको थियो सो कार्यक्रममा आर्थिक ऐन, बिनियोजन ऐन. नीति तथा कार्यक्रम, बजेट नगर उप प्रमुख श्री मिना चन्द ज्यू ले गर्नु भएको थियो |

    आ.ब.२०७५/७६ को बजेट, नीति तथा कार्यक्रम स्थानीय सरकार संचालन ऐन २०७४ स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार राजस्व परामर्श समितिको आन्तरिक स्रोत प्रक्षेपण संघीय सरकारबाट प्राप्त निशर्त र सशर्त अनुदान तथा प्रदेश सरकारबाट प्राप्त निशर्त र सशर्त अनुदानका आधारमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले तय गरेको बजेटको सिमाना आधारमा कानुन बमोजिम गठित बिभिन्न समितिहरुको छलफल पश्चात नगर कार्यपालिकाबाट पारित गरि नगरसभामा स्वीकृतका लागि पेश गरियो | जस मध्ये मूल अनुमानित आय तपशिल बमोजिम मिति २०७५ अषाढ १४ गते विधिवत रुपमा बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरियो |

    तपशिल:

    1. संघीय संचित कोषबाट प्राप्त सशर्त अनुदान - २४,८१,००,०००
    2. संघीय संचित कोषबाट प्राप्त वित्तीय समानीकरण अनुदान-११,२२,००,०००
    3. संघीय बिभाज्य कोषबाट प्राप्त हुने राजस्व बाडफाड-१०,००,००,०००
    4. प्रदेश संचित कोषबाट प्राप्त समानीकरण अनुदान-७२,४७,०००
    5. प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाड-३२,६८,०००
    6. आन्तरिक स्रोत-७४,८७,७५०

    अनुमानित मूल-५६,६८,७७,९२०(५६ करोड ६८ लाख ७७ हजार ९ सय २०)

     

  • ,

    मिति २०७५ अषाढ ७ गतेका दिन दशरथचन्द नगरपालिका आयुरबेद शाखाको आयोजनामा अन्तराष्ट्रिय योग दिबस नगर सभाहलमा सम्पन्न भएको छ | सो कार्यक्रममा दशरथचन्द नगरपालिकाका नगर प्रमुख श्री नरेन्द्र सिंह थापा, उप प्रमुख श्री मिना चन्द लगाएत प्रमुख जिल्ला अधिकारी प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला स्थित अन्य कार्यलयका कर्मचारीहरुको सहभागीता रहेको थियो सो कार्यक्रम योग गुरु श्री बिक्रम ब. चन्द ले संचालन गर्नु भएको थियो |

  • शैक्षिक सत्र २०७४ को समिक्षा र आगामी शैक्षिक सत्रको शैक्षिक योजना सम्बन्धि नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्युको प्रमुख आतिथ्यमा नगरपालिका भित्रका सम्पूर्ण प्र.अ.हरुको पहिलो बैठक मिति २०७४ चैत्र १६ गते यस दशरथचन्द नगरपालिकाको सभाहल मा सम्पन्न भएको छ |

  • ,

    यस दशरथचन्द नगरपालिका कार्यालयमा नागरिक बडापत्र तथा विधुतीय सूचना पाटिको मिति २०७४/११/१९ गते देखि सुरुवात गरियको छ | सो सूचना पाटिको नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्यु ले शुभारम्भ गर्नुभएको थियो सो कार्यक्रममा नगर कार्यपालिकाका सम्पूर्ण सदस्यज्यु   , प्रमुख प्रशासकीय अधिकृत   ज्यु तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो |

  • ,

    दशरथचन्द नगरपालिकाको दोश्रो बिशेष अधिबेशन मिति २०७४/०९/२५ गते नगर प्रमुख श्री नरेन्द्र सिंह थापाज्यु को अध्यक्षतामा सम्पन्न भयो. सो अधिबेशनमा नीति तथा कार्यक्रम, बजेट संसोधन, सिमाना हेरफेर तथा अन्य बीबीध प्रस्ताबहरु पेश गरि स्वीकृत गरियो |

Pages