दशरथचन्द नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ .
सूचना तथा जानकारी
News and Notices
-
-
आज मिति २०७२/०९/१४ गतेका दिन यस दशरथचन्द नगरपालिकाको गणतन्त्र पछी को नवौ नगर परिषद सम्पन्न भएको छ कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज बिनाड़ी, प्रमुख अतिथि माननीय जिल्ला न्याधिश, विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक परिचालक तथा अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो. कार्यक्रममा आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमका अध्यक्ष तथा कार्यकारी अधिकृत धर्मराज बिनाड़ीले प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा बिभिन्न बक्ताहरुले नीति तथा कार्यक्रमको बारेमा आ-आफ्नो धारणा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा उत्कृष्ट करदाता तथा कर्मचारी लाई सम्मान गरिएको थियो.कार्यक्रमको संचालन बालबालिका सिता भट्ट ले गर्नु भयको थियो.
-
यस दशरथचन्द नगरपालिकाको नवौ योजना तर्जुमा समितिको बैठक कार्यकारी अधिकृत श्री धर्मराज बिनाड़ी जिउ को अध्यतामा बस्यो जसमा आ.व. २०७३/०७४ का लागि वडास्तरीय योजना तर्जुमा समिति बाट माग भइ आएका योजना हरु यही २०७२ पौष १४ गते बस्ने नगरपरिषदको बैठकमा सिचाई, कृषि, स्वास्थ्य, सिक्षा गरि जम्मा २२ वटा योजना प्राथमिक क्रम तोकी विनियोजित भएका छन् भने, बालबालिकाका लागि बालभेला बाट आएका योजनाहरु बालबालिकाका लागि १५% बजेट विनियोजित गरि योजना अनुमोदन गरिए .
-
आज मिति २०७२/०८/१० गते दशरथचन्द नगरपालिका वार्ड न १० खुल्ला दिशामुक्त घोषणा भएको छ. उक्त कार्यक्रम मा प्रमुख जिल्ल्ला अधिकारी, नगरपालिका का कार्यकारी अधिकृत तथा अन्य संघ सस्थाका प्रतिनिधि तथा सर्वसाधारण हरुको ठुलो उपस्थिति भएको थियो.कार्यक्रम मा खुल्ला दिशामुक्त घोषणा गर्न मा सहयोग गर्नुहुने विभिन्न व्यक्ति हरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो.
-
दशरथचन्द नगरपालिका कार्यालयको आ.व. ०७१/७२ को वार्षिक समिक्षा कार्यक्रम कार्यकारी अधिकृत श्री अर्जुन सिंह कार्कीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी श्री लिालाधर अधिकारी ज्यू को प्रमुख आतिथ्थतामा सम्पन्न भयो । उक्त वार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय ,र गैर सरकारी कार्यालयका प्रतिनिधि एवं प्रमुख ज्यू, नागरिक वडा मञ्चका संयोजक ज्यू, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू नागरिक समाजका प्रतिनिधि ज्यू ,बुद्धीजीवी, समाजसेवी ,पत्रकार एवं सामाजिक परिचालक समेतको उपस्थिती रहेको थियो ।