आज मिति २०७२/०८/१० गते दशरथचन्द नगरपालिका वार्ड न १० खुल्ला दिशामुक्त घोषणा भएको छ. उक्त कार्यक्रम मा प्रमुख जिल्ल्ला अधिकारी, नगरपालिका का कार्यकारी अधिकृत तथा अन्य संघ सस्थाका प्रतिनिधि तथा सर्वसाधारण हरुको ठुलो उपस्थिति भएको थियो.कार्यक्रम मा खुल्ला दिशामुक्त घोषणा गर्न मा सहयोग गर्नुहुने विभिन्न व्यक्ति हरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो.
सूचना तथा जानकारी
News and Notices
-
-
दशरथचन्द नगरपालिका कार्यालयको आ.व. ०७१/७२ को वार्षिक समिक्षा कार्यक्रम कार्यकारी अधिकृत श्री अर्जुन सिंह कार्कीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी श्री लिालाधर अधिकारी ज्यू को प्रमुख आतिथ्थतामा सम्पन्न भयो । उक्त वार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय ,र गैर सरकारी कार्यालयका प्रतिनिधि एवं प्रमुख ज्यू, नागरिक वडा मञ्चका संयोजक ज्यू, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू नागरिक समाजका प्रतिनिधि ज्यू ,बुद्धीजीवी, समाजसेवी ,पत्रकार एवं सामाजिक परिचालक समेतको उपस्थिती रहेको थियो ।
-
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव श्री सोमलाल सुवेदीज्यु नेपाल सरकारको मुख्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकामा दशरथचन्द नगरपालीका, बैतडी परिवारको तर्पmवाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछ । साथै वँहाको कार्यकालमा नेपाल निजामति कर्मचारी तथा अन्य नेपाल सरकारको प्रशासनिक काममा उल्लेखनिय सुधारको आशा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।
-
मिति २०७२|०३|५ गते बिहान १० बजे द.न.पा को वार्ड न २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ | यसै गरि द.न.पा को वार्ड न ४ बिबिध कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ |
-
LGCDP का समाजिक परिचालकहरूकाे ४ दिने समाजिक परिचालन विषयक प्रशिक्षण कार्यक्रम नगरपालिका हल मा सम्पन्न भएको छ | कार्यक्रम ग्रामिण विकास केन्द्र डोटी र स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रम को सहझिकरण मा मिति २०७२|०२|२४ देखि २७ गते सम्म चलेको थियो | कार्यक्रममा नरेन्द्र सिंह बिस्ट, भगिरथ भट्ट, दिपक पन्थी लगाएत अन्य प्रशिक्षक हरु बाट प्रशिक्षण भएको थियो |सामाजिक परिचालक बिषयक प्रशिक्षण कार्यक्रम


