FAQs Complain Problems

News and Notices

  • प्रथम नगर सभा सम्पन्न , बजेट मन्तब्य प्रस्तुत गर्नु हुदै नगर प्रमुख ज्यु , नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै नगर उप प्रमुख ज्यु , नगर सभाका सदस्यहरु
  • मिति २०७३/०८/२५ गतेका दिन दशरथचन्द नगरपालिका कार्यालयको आयोजनामा आ.ब २०७४/७५ को लागि बालभेला दशरथचन्द नगर भवन बैतडीमा सम्पन्न भएको छ | कार्यक्रममा प्रमुख अतिथिको आशन ग्रहण दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत श्री अर्जुन शर्मा ले गर्नु भएको थियो | कार्यक्रममा नगरपालिकाका कर्मचारी, बाल क्लबका पदाधिकारी, सामाजिक परिचालक, वडा नागरिक मंचका प्रतिनिधि, नागरिक सचेतनाका प्रतिनिधि, पत्रकार  तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो | कार्यक्रममा बालबालिकाको लागि संचालन हुने आगामी आर्थिक बर्षका लागि विभिन्न योजना हरु बालबालिकाहरु आफैले छनोट गरेका थिए |

  • दशरथचन्द नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ .

  • , ,

    आज मिति २०७२/०९/१४ गतेका दिन यस दशरथचन्द नगरपालिकाको गणतन्त्र पछी को नवौ नगर परिषद सम्पन्न भएको छ कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज बिनाड़ी, प्रमुख अतिथि माननीय जिल्ला न्याधिश, विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक परिचालक तथा अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो. कार्यक्रममा आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमका अध्यक्ष तथा कार्यकारी अधिकृत धर्मराज बिनाड़ीले प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा बिभिन्न बक्ताहरुले नीति तथा कार्यक्रमको बारेमा आ-आफ्नो धारणा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा उत्कृष्ट करदाता तथा कर्मचारी लाई सम्मान गरिएको थियो.कार्यक्रमको संचालन बालबालिका सिता भट्ट ले गर्नु भयको थियो.

     

Pages