सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अंचल, बैतडी जिल्लाको सदरमुकाममा अवस्थित एकमात्र नगरपालीका दशरथचन्द नगरपालीका हो। वि.स. २०५३ साल चैत्र महिनामा बैतडी जिल्लाका १३ वटा इलाका मध्ये इलाका नं. ६ मा पर्ने खलंगा, दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालीगाडा र जगन्नाथ गरि ६ वटा गा.वि.स. मिलाएर बनाएको यस नगरपालिकालाई १३ वडामा बिभाजन गरि देशका जेस्ठ शहिद दशरथचन्द का नाम बाट नामांकन भइ दशरथचन्द नगरपालिका घोषणा गरीएको हो र अमर शहिद दशरथचन्द को जन्मथलो समेत यसै नगरपालिका भित्र पर्दछ