सूचना तथा जानकारी
दशरथचन्द नगरपालिका हार्दिक स्वागत गर्दछ
सुदूरपश्चिम प्नदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा दशरथचन्द नगरपालिका लाइ ११ वटा वडामा बिभाजन गरिएको छ | अमर शहिद दशरथचन्दको नामबाट नामाकरण गरिएको यो नगरपालिका प्राकृतिक रुपले रमणीय रहेको छ | माता त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लाशैनी लगायतका मन्दिरहरु धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित रहेका छन् | भारत संग सीमाना जोडिएको यो नगरपालिकाका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ | कुल जनसंख्या ३४५७५ रहेको यो नगरपालिकामा ७२५७ घरधुरी रहका छन् | सुदूरपश्चिचम प्रदेशमा अबस्थित यस दशरथचन्द नगरपालिका ग्वाल्लेक धुरो बायुको बेगलाइ रोक्ने बेगतोड़ भनिन्याे त्यसैको अपभ्रम्स बैतडी जिल्लामा पर्छ | महत्वपूर्ण धार्मिक तथा राजनीतिक इतिहास बोकेको यो जिल्ला कहिले डोटी राज्य र कहिले कुमाउ राज्यमा युद्ध हुदा बैतडी जिल्ला कहिले कुमाउ राज्यमा र कहिले डोटी राज्यमा रहेको र चन्दहरुले राज्य गरेको भनाइ छ | नेपालकै प्रमुख धार्मिक स्थल त्रिपुरासुन्दरी भगवती मन्दिर, जगन्नाथ मन्दिर, निंगलाशैनि मन्दिर, ग्वालेक केदार, असिम केदार, नागार्जुन मन्दिर, इश्वरीगंगा धाम, महाभारत कालका पंचदेव मन्दिर जस्ता महत्वपूर्ण धार्मिक स्थल रहेको नगर हो राजनीतिक इतिहास १०४ बर्षे कठोर राणा शासन बिरुद्ध संघर्ष गर्ने जेष्ठ चार शहिद मध्ये अमर शहिद दशरथचन्दको जन्म यसै नगरमा पर्छ | यो नगरपालिका २०५४ सालमा ६ वटा गा.बि.स. दशरथचन्द, खलंगा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट गा.बि.स. मिलाएर अमर शहिद दशरथचन्दको नामबाट स्थापना गरिएको हो |
नेपाल सरकारले स्थानीय निकाय पुनसंरचना गरेर गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, गवालेक, नागार्जुन गा.बि.स. र दुर्गास्थानको केहि वडाहरु मिलाएर मिति २०७३ फाल्गुन २७ गते स्थानीय तहमा परिणत गरि ११ वडामा बिभाजन गरि दशरथचन्द नगरपालिका घोषणा गरेको छ |
नया कायम भएका वडाहरु
साबिक नपा तथा गाबिसका वडाहरु | हाल पुनसंरचना अनुसार कायम भएका वडाहरु | जम्मा जनसंख्या(२०६८ अनुसार) |
---|---|---|
गुरुखोला १-९ | १ | ४४६२ |
देहिमाडौँ १-९ | २ | ४३६२ |
दुर्गाभवानी १-९ | ३ | २३५० |
दशरथचन्द १, २ र ३ | ४ | ५६१८ |
दशरथचन्द ४ र ५ | ५ | २५७९ |
दशरथचन्द ६, ७ र १२ | ६ | ३०७० |
दुर्गास्थान ४, ५, ६ र ७ | ७ | १७३९ |
दशरथचन्द ८ र ९ | ८ | २०१६ |
ग्वालेक १-९ | ९ | ३८२२ |
दशरथचन्द १० र ११ | १० | १९३६ |
नागार्जुन १-९ | ११ | १९६१ |
२०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्बाचनबाट निर्बाचित मेयर श्री नरेन्द्र सिंह थापाज्यु र उपमेयरमा श्री मिना चन्दज्यु रहनु भएको थियाे भने २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्बाचनबाट निर्बाचित मेयर श्री पुष्कर राज जाेशी ज्यु र उपमेयरमा श्री काैशिला चन्दज्यु रहनु भएको छ | दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पदाधिकारीको नामावली हेर्न यहाँ थिच्नुहोस
यो नगरपालिकाको पूर्वमा पाटन नगरपालिका र सुर्नाया गाउपलिका, पश्चिममा महाकाली नदि र मित्र राष्ट्र भारत, उत्तरमा दार्चुला जिल्ला र दोगाडाकेदार गाउँपालिका, दक्षिणमा मेलौली नगरपालिका र पंचेश्वर गाउपलिका रहेको छ | २०६८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३४५७५ र जम्मा घरधुरी ३२५७ रहेको छ | १३५.१५ बर्ग किमी मा फैलिएको यस नगरपालिका समुद्र सतह देखि न्यूनतम ५०० मिटर र अधिकतम ३१०० मिटर उचाइमा रहेको छ, यसको हावापानी समसितोष्ण रहेको छ |
दशरथचन्द नगरपालिकाका बिशेषताहरु
१. धार्मिक पर्यटन
- जगन्नाथ मन्दिर गाडी
- त्रिपुरासुन्दरी भगवती मन्दिर
- निंग्लाशैनी भगवती मन्दिर
- ग्वाल्लेक केदार मन्दिर ग्वाल्लेक
- असिम केदार
- नागार्जुन बाबा मन्दिर
- इश्वरी गंगाधाम
- पंचदेवल मन्दिर
२. कृषि तर्फ
- आप, लिचि, मेवा, नासपाती जस्ता गर्मि याममा फल्ने र स्याउ, सुन्तला, मौसम जस्ता जाडो याममा फल्ने फलफुलहरु यहाँको प्रमुख फलफुलको रुपमा लिने गरिन्छ | साथै गहु, मकै, भटमास जस्ता मुख्य खाधान्न बाली हरु उत्पादन गर्ने गरिन्छ | टिम्मुर, अमला, चिराइतो जस्ता महत्वपूर्ण जडीबुटीहरु यहाँ पाइने गरेको छ |
३. व्यापार
- मित्र रास्ट्र भारतको सिमाना रहेको र उत्तराखंडको पिथोरागढ़ जिल्ला मुख्य ब्यापारिक नाका रहको |