दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मृत्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरि कानुनि मान्यता प्राप्त गरौ | घरमा बसी जन्म,मृत्यु,बिबाह, बसाई सराइ तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ता गरि मोबाइलमा आयको टोकन न ३० दिन भित्र नजिकको वडा कार्यालयमा गइ दर्ता गर्ने गरौ दर्ता गर्नको लागि यहाँ थिच्नुहोस यस दशरथचन्द नगरपालिका कार्यलयमा १ जना सिभिल इन्जीनियर, ३ जना अ.न.मि र १ जना अ.हे.व आबश्यक भयकोले इच्छुक नेपाली नागरिकले व्यक्तिगत बिबरण, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू यस कार्यालयमा दरखास्त दिन यो सुचना प्रकाशित गरिएको छ | आबेदन दिने अन्तिम मिति: २०७४/११/२८ गते कार्यालय समय भित्र अन्य जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नु हुन् अनुरोध गरिन्छ वा सम्पर्क फोन नं. ९८६२२७१७७८ | सूचना हेर्नको लागि यहाँ थिच्नुहोस |चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा एकीकृत सम्पति कर बुझाएमा १० % छुट दिइने छ |गत बर्षको सम्पतिकर नबुझाएमा चालु आर्थिक बर्षको पौष मसान्त सम्म १० % जरिवाना लाग्ने र पौष मसान्त पछी बुझाएमा २० % जरिवाना लाग्ने छ |न.पा मा दर्ता भएका ब्यबसाय हरु एक आर्थिक बर्षमा नबिकरण नगरायमा दोस्रो आर्थिक बर्ष २० % जरिवाना लाग्ने छ |न.पा दर्ता भएका ब्यबसायहरु प्रत्येक आ.व. को अषाढ मसान्त भित्र नबिकरण गराउनु पर्ने छ |सम्पतिकर प्रत्येक आ.व. को आषाढ मसान्त भित्र बुझाइ सक्नु पर्ने छ |आफ्नो घर भाडा लगाएका घर धनीले मासिक भाडाको २ % बहालकर कट्टी गरि न.पा. मा बुझाउनु पर्ने छ |नगरपालिका क्षेत्र भित्र ब्यबसाय गरि राखेका ब्यबसायीहरुले अनिबार्य रुपमा यस न.पामा दर्ता गर्नु पर्ने छ |

Welcome to Dasharathchand Municipality

सुदुर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अंचल, बैतडी जिल्लाको सदरमुकाममा अवस्थित एकमात्र नगरपालीका दशरथचन्द नगरपालीका हो। वि.स. २०५३ साल चैत्र महिनामा बैतडी जिल्लाका १३ वटा इलाका मध्ये इलाका  नं. ६ मा पर्ने खलंगा, दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालीगाडा  र जगन्नाथ गरि  ६ वटा गा.वि.स. मिलाएर बनाएको यस नगरपालिकालाई १३ वडामा बिभाजन गरि देशका जेस्ठ शहिद दशरथचन्द का नाम बाट नामांकन भइ  दशरथचन्द नगरपालिका घोषणा गरीएको हो र अमर शहिद दशरथचन्द को जन्मथलो समेत यसै नगरपालिका भित्र पर्दछ