Error message

  • Warning: include_once(): Unable to allocate memory for pool. in drupal_load() (line 1374 of /var/www/html/includes/bootstrap.inc).
  • Warning: include_once(): Unable to allocate memory for pool. in drupal_load() (line 1374 of /var/www/html/includes/bootstrap.inc).

दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मृत्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरि कानुनि मान्यता प्राप्त गरौ | घरमा बसी जन्म,मृत्यु,बिबाह, बसाई सराइ तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ता गरि मोबाइलमा आयको टोकन न ३० दिन भित्र नजिकको वडा कार्यालयमा गइ दर्ता गर्ने गरौ दर्ता गर्नको लागि यहाँ थिच्नुहोस बसपार्क पार्किंग शुल्क उठाउने सम्बन्धि शिलबन्दी बोलपत्र आह्वानको सूचना |वडा न.६ र ८ को बालुवा, गिटि संकलन गर्ने सम्बन्धि शिलबन्दी बोलपत्र रद्ध गरियको सूचना |

News and Notices

  • , ,

    आज मिति २०७२/०९/१४ गतेका दिन यस दशरथचन्द नगरपालिकाको गणतन्त्र पछी को नवौ नगर परिषद सम्पन्न भएको छ कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज बिनाड़ी, प्रमुख अतिथि माननीय जिल्ला न्याधिश, विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक परिचालक तथा अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो. कार्यक्रममा आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमका अध्यक्ष तथा कार्यकारी अधिकृत धर्मराज बिनाड़ीले प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा बिभिन्न बक्ताहरुले नीति तथा कार्यक्रमको बारेमा आ-आफ्नो धारणा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा उत्कृष्ट करदाता तथा कर्मचारी लाई सम्मान गरिएको थियो.कार्यक्रमको संचालन बालबालिका सिता भट्ट ले गर्नु भयको थियो.

     

  • ,

    यस दशरथचन्द नगरपालिकाको नवौ योजना तर्जुमा समितिको बैठक कार्यकारी अधिकृत श्री धर्मराज बिनाड़ी जिउ को अध्यतामा बस्यो जसमा आ.व. २०७३/०७४ का लागि वडास्तरीय योजना तर्जुमा समिति बाट माग भइ आएका योजना हरु यही २०७२ पौष १४ गते बस्ने नगरपरिषदको बैठकमा सिचाई, कृषि, स्वास्थ्य, सिक्षा  गरि जम्मा २२ वटा योजना प्राथमिक क्रम तोकी विनियोजित भएका छन् भने, बालबालिकाका लागि बालभेला बाट आएका योजनाहरु बालबालिकाका लागि १५% बजेट विनियोजित गरि योजना अनुमोदन गरिए .

  • आज मिति २०७२/०८/१० गते दशरथचन्द नगरपालिका वार्ड न १० खुल्ला दिशामुक्त घोषणा भएको छ. उक्त कार्यक्रम मा प्रमुख जिल्ल्ला अधिकारी, नगरपालिका का कार्यकारी अधिकृत तथा अन्य संघ सस्थाका प्रतिनिधि तथा सर्वसाधारण हरुको ठुलो उपस्थिति भएको थियो.कार्यक्रम मा खुल्ला दिशामुक्त घोषणा गर्न मा सहयोग गर्नुहुने विभिन्न व्यक्ति हरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो.

  • कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी लगाएत अन्य अतिथिहरु

    दशरथचन्द नगरपालिका कार्यालयको आ.व. ०७१/७२ को वार्षिक समिक्षा कार्यक्रम कार्यकारी अधिकृत श्री अर्जुन सिंह कार्कीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी श्री लिालाधर अधिकारी ज्यू को प्रमुख आतिथ्थतामा सम्पन्न भयो । उक्त वार्षिक समिक्षा कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय ,र गैर सरकारी कार्यालयका प्रतिनिधि एवं प्रमुख ज्यू, नागरिक वडा मञ्चका संयोजक ज्यू, नागरिक सचेतना केन्द्रका संयोजक ज्यू नागरिक समाजका प्रतिनिधि ज्यू ,बुद्धीजीवी, समाजसेवी ,पत्रकार एवं सामाजिक परिचालक समेतको उपस्थिती रहेको थियो ।

  • संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव श्री सोमलाल सुवेदीज्यु नेपाल सरकारको मुख्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकामा दशरथचन्द नगरपालीका, बैतडी परिवारको तर्पmवाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछ । साथै वँहाको कार्यकालमा नेपाल निजामति कर्मचारी तथा अन्य नेपाल सरकारको प्रशासनिक काममा उल्लेखनिय सुधारको आशा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

  • मिति २०७२|०३|५ गते बिहान १० बजे द.न.पा को वार्ड न २ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ | यसै गरि द.न.पा को वार्ड न ४ बिबिध कार्यक्रमका बीच खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ |

  • कार्यक्रम को सहझिकरण गर्नुहुदै RCU प्रमुख नरेन्द्र सिंह बिष्ट |

    LGCDP का समाजिक परिचालकहरूकाे ४ दिने समाजिक परिचालन विषयक प्रशिक्षण कार्यक्रम नगरपालिका हल मा  सम्पन्न भएको छ | कार्यक्रम ग्रामिण विकास केन्द्र डोटी र स्थानीय साशन तथा सामुदायिक विकास कार्यक्रम को सहझिकरण मा मिति २०७२|०२|२४ देखि २७ गते सम्म चलेको थियो | कार्यक्रममा नरेन्द्र सिंह बिस्ट, भगिरथ भट्ट, दिपक पन्थी लगाएत अन्य प्रशिक्षक हरु बाट प्रशिक्षण भएको थियो |सामाजिक परिचालक बिषयक प्रशिक्षण कार्यक्रम

  • 8th Municipal Innaguration Ceremony