FAQs Complain Problems

तेस्रो नगरसभा २०७५ अषाढ १४ गते सम्पन्न

दशरथचन्द नगरपालिका नगरकार्यपालिकाको कार्यलय बैतडीको आ.ब. २०७५/७६ को तेस्रो नगर सभा तथा बजेट अधिबेशन मिति २०७५ अषाढ १४ गते सम्पन्न भएको छ | सभाको संचालन नगर प्रमुख श्री नरेन्द्र सिंह थापाले गर्नु भएको थियो सो कार्यक्रममा आर्थिक ऐन, बिनियोजन ऐन. नीति तथा कार्यक्रम, बजेट नगर उप प्रमुख श्री मिना चन्द ज्यू ले गर्नु भएको थियो |

आ.ब.२०७५/७६ को बजेट, नीति तथा कार्यक्रम स्थानीय सरकार संचालन ऐन २०७४ स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार राजस्व परामर्श समितिको आन्तरिक स्रोत प्रक्षेपण संघीय सरकारबाट प्राप्त निशर्त र सशर्त अनुदान तथा प्रदेश सरकारबाट प्राप्त निशर्त र सशर्त अनुदानका आधारमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले तय गरेको बजेटको सिमाना आधारमा कानुन बमोजिम गठित बिभिन्न समितिहरुको छलफल पश्चात नगर कार्यपालिकाबाट पारित गरि नगरसभामा स्वीकृतका लागि पेश गरियो | जस मध्ये मूल अनुमानित आय तपशिल बमोजिम मिति २०७५ अषाढ १४ गते विधिवत रुपमा बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरियो |

तपशिल:

  1. संघीय संचित कोषबाट प्राप्त सशर्त अनुदान - २४,८१,००,०००
  2. संघीय संचित कोषबाट प्राप्त वित्तीय समानीकरण अनुदान-११,२२,००,०००
  3. संघीय बिभाज्य कोषबाट प्राप्त हुने राजस्व बाडफाड-१०,००,००,०००
  4. प्रदेश संचित कोषबाट प्राप्त समानीकरण अनुदान-७२,४७,०००
  5. प्रदेश सरकारबाट प्राप्त राजस्व बाडफाड-३२,६८,०००
  6. आन्तरिक स्रोत-७४,८७,७५०

अनुमानित मूल-५६,६८,७७,९२०(५६ करोड ६८ लाख ७७ हजार ९ सय २०)