दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मृत्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरि कानुनि मान्यता प्राप्त गरौ | घरमा बसी जन्म,मृत्यु,बिबाह, बसाई सराइ तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ता गरि मोबाइलमा आयको टोकन न ३० दिन भित्र नजिकको वडा कार्यालयमा गइ दर्ता गर्ने गरौ दर्ता गर्नको लागि यहाँ थिच्नुहोस यस दशरथचन्द नगरपालिका कार्यलयमा १ जना सिभिल इन्जीनियर, ३ जना अ.न.मि र १ जना अ.हे.व आबश्यक भयकोले इच्छुक नेपाली नागरिकले व्यक्तिगत बिबरण, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू यस कार्यालयमा दरखास्त दिन यो सुचना प्रकाशित गरिएको छ | आबेदन दिने अन्तिम मिति: २०७४/११/२८ गते कार्यालय समय भित्र अन्य जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नु हुन् अनुरोध गरिन्छ वा सम्पर्क फोन नं. ९८६२२७१७७८ | सूचना हेर्नको लागि यहाँ थिच्नुहोस |चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा एकीकृत सम्पति कर बुझाएमा १० % छुट दिइने छ |गत बर्षको सम्पतिकर नबुझाएमा चालु आर्थिक बर्षको पौष मसान्त सम्म १० % जरिवाना लाग्ने र पौष मसान्त पछी बुझाएमा २० % जरिवाना लाग्ने छ |न.पा मा दर्ता भएका ब्यबसाय हरु एक आर्थिक बर्षमा नबिकरण नगरायमा दोस्रो आर्थिक बर्ष २० % जरिवाना लाग्ने छ |न.पा दर्ता भएका ब्यबसायहरु प्रत्येक आ.व. को अषाढ मसान्त भित्र नबिकरण गराउनु पर्ने छ |सम्पतिकर प्रत्येक आ.व. को आषाढ मसान्त भित्र बुझाइ सक्नु पर्ने छ |आफ्नो घर भाडा लगाएका घर धनीले मासिक भाडाको २ % बहालकर कट्टी गरि न.पा. मा बुझाउनु पर्ने छ |नगरपालिका क्षेत्र भित्र ब्यबसाय गरि राखेका ब्यबसायीहरुले अनिबार्य रुपमा यस न.पामा दर्ता गर्नु पर्ने छ |

२०७४/७५ को प्रथम चौमासिक समिक्षा बैठक सम्पन्न

 प्रथम चौमासिक प्रगति प्रस्तुत गर्नु हुदै नगर उप प्रमुख ज्युप्रथम चौमासिक प्रगति प्रस्तुत गर्नु हुदै नगर उप प्रमुख ज्यु

दशरथचन्द नगरपालिका कार्यालय बैतडी द्वारा आ.ब. २०७४/७५ को प्रथम चौमासिक प्रगति समिक्षा मिति २०७४/०७/२८ मा सम्पूर्ण बिषयगत कार्यालय तथा अन्य सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति मा नगरपालिकाका नगर प्रमुख श्री नरेन्द्र सिंह थापा को अध्यक्षतामा कार्यक्रम सुसम्पन्न गरियो |