FAQs Complain Problems

आ.ब ०७४/७५ का लागि नगर बाल भेला सम्पन्न

मिति २०७३/०८/२५ गतेका दिन दशरथचन्द नगरपालिका कार्यालयको आयोजनामा आ.ब २०७४/७५ को लागि बालभेला दशरथचन्द नगर भवन बैतडीमा सम्पन्न भएको छ | कार्यक्रममा प्रमुख अतिथिको आशन ग्रहण दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत श्री अर्जुन शर्मा ले गर्नु भएको थियो | कार्यक्रममा नगरपालिकाका कर्मचारी, बाल क्लबका पदाधिकारी, सामाजिक परिचालक, वडा नागरिक मंचका प्रतिनिधि, नागरिक सचेतनाका प्रतिनिधि, पत्रकार  तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो | कार्यक्रममा बालबालिकाको लागि संचालन हुने आगामी आर्थिक बर्षका लागि विभिन्न योजना हरु बालबालिकाहरु आफैले छनोट गरेका थिए |