दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मृत्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरि कानुनि मान्यता प्राप्त गरौ | घरमा बसी जन्म,मृत्यु,बिबाह, बसाई सराइ तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ता गरि मोबाइलमा आयको टोकन न ३० दिन भित्र नजिकको वडा कार्यालयमा गइ दर्ता गर्ने गरौ दर्ता गर्नको लागि यहाँ थिच्नुहोस बसपार्क पार्किंग शुल्क उठाउने सम्बन्धि शिलबन्दी बोलपत्र आह्वानको सूचना |वडा न.६ र ८ को बालुवा, गिटि संकलन गर्ने सम्बन्धि शिलबन्दी बोलपत्र रद्ध गरियको सूचना |

नवौ नगर परिषद सम्पन्न

आज मिति २०७२/०९/१४ गतेका दिन यस दशरथचन्द नगरपालिकाको गणतन्त्र पछी को नवौ नगर परिषद सम्पन्न भएको छ कार्यक्रमको अध्यक्षता नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज बिनाड़ी, प्रमुख अतिथि माननीय जिल्ला न्याधिश, विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकार, सामाजिक परिचालक तथा अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो. कार्यक्रममा आगामी आर्थिक वर्षका ०७३/७४ को लागि नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमका अध्यक्ष तथा कार्यकारी अधिकृत धर्मराज बिनाड़ीले प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा बिभिन्न बक्ताहरुले नीति तथा कार्यक्रमको बारेमा आ-आफ्नो धारणा तथा सुझाब प्रस्तुत गर्नु भएको थियो. कार्यक्रममा उत्कृष्ट करदाता तथा कर्मचारी लाई सम्मान गरिएको थियो.कार्यक्रमको संचालन बालबालिका सिता भट्ट ले गर्नु भयको थियो.